PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

प्रधानमन्त्री कप: प्रदेश १ लाई हराउँदै एपीएफ च्याम्पियन



पहिलोपोस्ट

प्रधानमन्त्री कप: प्रदेश १ लाई हराउँदै एपीएफ च्याम्पियन
तस्बीर क्यान

काठमाडौं: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा प्रदेश १ माथि ७ विकेटको सानदार जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो। जसका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन बनाउँदा अप्सरी बेगमले ११ रन बनाइन्। त्यस्तै स्मृति कटुवाल ६ रनमा अविजित रहँदा काजोल श्रेष्ठले ४, सबनम राईले ३, निशा शाहले २ र संगिता राईले १ रन बनाए।

प्रदेश १ लाई सस्तैमा समेट्न एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिँदा रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १४.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक अविजित ३६ रन बनाउँदा ममता चौधरीले अविजित १९ रन बनाइन्।

प्रदेश १ का लागि रुविना क्षेत्रीले तीन विकेट लिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell