PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्छ भन्दा सभाहलम हुटिङ, प्रचण्ड र देउवा हाँसे



पहिलोपोस्ट

दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्छ भन्दा सभाहलम हुटिङ, प्रचण्ड र देउवा हाँसे

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ।

अहिले विभिन्न राजनीतिक दलका नेताहरुले माओवादीलाई महाधिवेशनको शुभकामना सन्देश दिँदैछन्। त्यसैक्रममा शुभकामना व्यक्त गर्न पुगेकी सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताको विषयमा सबै दल एक भएर जानुपर्ने बताइन्।

'राष्ट्रियताको सवालमा एक भएर जानुपर्छ। गठबन्धबनको एक घटक माओवादी हो। निर्णय गर्दा त्यसलाई ध्यान दिनु होला' उनले भनिन्।

पौडेलले मिलिनियन च्यालेन्ज कोर्पोशेरनबारे भइरहेको बहस तर्फ लक्षित गर्दै माओवादीलाई निर्णय लिँदा विचार गर्न भनेकी हुन्। त्यसक्रममा उनले 'एमसीसी खारेज गर्नुपर्छ' भनेपछि सभाहलमा भएकाहरुले हुटिङ गरेका थिए।

एमसीसीविरुद्ध हुटिङ भइरहँदा सँगै रहेका नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाँसिरहेका थिए। कांग्रेस सदनबाट एमसीसी पारित गराउने पक्षमा छ भने माओवादी, जनमोर्चा लगायत अन्‍य सज्ञारुढ दल अहिलेकै अवस्थामा एमसीसी पारित गराउने विपक्षमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell