PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

एमसीसी राष्ट्रघाती रे? प्रश्न गर्दै देउवाले भने, ‘पढ्नुस्, राम्रोसँग अध्ययन गर्नुस्’



पहिलोपोस्ट

एमसीसी राष्ट्रघाती रे? प्रश्न गर्दै देउवाले भने, ‘पढ्नुस्, राम्रोसँग अध्ययन गर्नुस्’

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वपक्षीय छलफल गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गर्ने बताएका छन्। एमसीसी नेपालको हितमा भएकाले छलफलपछि पारित गर्ने देउवाले बताएका हुन्। सम्झौतामा अन्तर्राष्ट्रिय कानुन लाग्ने पनि उनले बताए।

नेकपा (माओवादी केन्द्र) को ८औँ महाधिवेशन उद्घन सत्रमा देउवाले एमसीसी राष्ट्रपति भन्नेहरुले अध्ययन नगरेको पनि टिप्पणी गरे।

‘एमसीसी राष्ट्रघाती रे। राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन। त्यो पनि थाहा छैन मलाई। पहिले पढ्नुपर्‍यो एमसीसीमा कहाँ छ राष्ट्रघाती? म पनि नेपालको प्रधानमन्त्री हुँ। नेपालको राष्ट्रको खिलाफमा जाउँला मैले, के राष्ट्रघात काम गरुलाँ मैले? देउवाले अघि थपे, ‘पढ्नुस्। राम्रोसँग अध्ययन गर्नुस्। छलफल हुँदैछ हामीबीच पनि। यो नेपालको हितमा छ। सित्तैमा आएको पैसा चाहिँदैन भन्छ। वर्ल्ड बैंक र एडिबीबाट आएको ऋण हामी लिन्छौँ। जसलाई अन्तर्राष्ट्रिय कानुन लाग्छ। राम्रोसँग बुझ्नुपर्‍यो। बुझ्नुपर्‍यो क्या। अब छलफल गरेर यो पास गराउँने छु।’

उद्घाटन सत्रमै राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले एमसीसी राष्ट्रघाती भएको बताएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell