PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

एसीसी यू १९: नेपाल श्रीलंकासँग पराजित



पहिलोपोस्ट

एसीसी यू १९: नेपाल श्रीलंकासँग पराजित
तस्बिर: एसीसी

काठमाडौं: नेपाली यू १९ क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ। एसीसी यू १९ एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो।

यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। विशाल लक्ष्य खडा गर्न शदिशा राजापाक्षेले १३१ र चामिन्दु विक्रमासिङ्घेले १११ रनको शतकीय पारी खेले। त्यस्तै दुनित वालालागेले अविजित ३४ रन बनाउँदा शेभोन ड्यानियलले १७ रन बनाए।

बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले २ विकेट लिँदा देव खनाल र विवेक यादवले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४७.५ ओभरमा २६२ रन बनाउँदै समेटियो। नेपालका लागि अर्जुन साउदले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६४ रन बनाउँदा विवेक यादवले ४६ रन बनाए। त्यस्तै बसीर अहमदले ४३, सन्तोष कार्कीले ३४, देव खनालले २८ र गुलसन झाले १३ रनको योगदान दिए।

नेपाललाई लक्ष्यसम्म पुग्न नदिन मथिसा पथिराना र रभीन डी सिल्भाले समान ३ विकेट लिँदा दुनिथ वालालागे र सेभोन ड्यानियलले १/१ विकेट लिए।

नेपालले यसअघिको खेलमा बंगलादेशसँग १५४ रनको पराजय ब्यहोरेको थियो। अब मंगलवार नेपालले कुवेतको सामना गर्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell