PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

ओलीकै शैलीमा प्रचण्डको देवत्वकरण, प्रज्ञा भवनको मूल गेटअघि पूर्णकदको फोटो



पहिलोपोस्ट

ओलीकै शैलीमा प्रचण्डको देवत्वकरण, प्रज्ञा भवनको मूल गेटअघि पूर्णकदको फोटो

काठमाडौंः नेकपा (माओवादी केन्द्र) को ८औँ राष्ट्रिय महाधिवेशनको उद्घान सत्र सुरु भएको छ। राष्ट्रिय सम्मेलन भनिए पनि अन्तिम समयमा महाधिवेशन भनिएको छ। प्रज्ञा भवनमा औपचारिक रुपमा उद्घाटन भइसकेको छ।

महाधिवेशन उद्घाटन स्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्णकदको तस्विर पनि राखिएको छ।

यसअघि विधान सम्मेलनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विर पनि गोदावरीमा त्यसैगरी सजाइएको थियो। जसलाई कतिपय कार्यकर्ताले देवत्वकरण भनेर आलोचना समेत गरेका थिए।

ओलीलाई देवत्वकरण भनेर आलोचना गरिएकै शैलीमा प्रचण्डको तस्विर पनि प्रज्ञा भवनको मूल गेटको ठिक अगाडि राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell