PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माओवादी महाधिवेशन : बन्दसत्रमा पेश हुँदै प्रचण्डको राजनीतिक प्रतिवेदन



विधुर ढकाल

माओवादी महाधिवेशन : बन्दसत्रमा पेश हुँदै प्रचण्डको राजनीतिक प्रतिवेदन

काठमाडौं : नेकपा(माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तर्गत दोस्रो दिन आज बन्दसत्र हुँदैछ। बिहान ११ बजेदेखि प्रज्ञा भवनमा बन्दसत्र शुरु हुने कार्यतालिका रहेको छ। आइतवार प्रज्ञा भवनमा उद्घाटनसत्र कार्यक्रम आयोजना गरिएको थियो।

उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषकसमेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका हुन्। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्। सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ। सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन्। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ।

बन्दसत्र अघि कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिको होल बडी चेकअप गर्ने कार्यतालिकासमेत रहेको छ।

आइतवार बिहान बसेको माओवादीको बैठकले बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell