PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सानदार जितसँगै शीर्षस्थानमा सिटीको ६ अंकको अग्रता



पहिलोपोस्ट

सानदार जितसँगै शीर्षस्थानमा सिटीको ६ अंकको अग्रता
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले लेस्टर सिटीमाथि ६-३ गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको पाँचौ मिनेटमै फर्नान्डिनोको पासमा केभिन डी ब्रुइनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै लेस्टरका योउरी टाइलेमेन्सले लापोर्टेलाई खराब ट्याकल गरेपछि पाएको पेनाल्टीको अवसरलाई १४ औं मिनेटमा रियाद महरेजले सदुपयोग गरे। घरेलु टोलीका लागि तेस्रो गोल इल्के गुण्डोगनले २१ औं मिनेटमा गरे। त्यस्तै २५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा रहीम स्ट्रलिङले गोल गर्दा पहिलो हाफमा सिटी चार गोलले अघि रह्यो।

दोस्रो हाफमा लेस्टर सिटीले खेलमा फर्किन प्रयास गर्‍यो। ५५ औं मिनेटमा जेम्स म्याडिसन, ५९ औं मिनेटमा एडेमोला लुकमेन र केलेची इहेन्चोले ६५ औं मिनेटमा गोल गर्दा खेल ४-३ को रोमाञ्चक अवस्थामा पुगेको थियो। यद्यपि त्यसपछि म्यानेचेस्टर सिटीले गोल थप्यो। घरेलु टोलीका लागि ऐमेरिक लापोर्टे ६९ औं र रहीम स्ट्रलिङले ८७ औं मिनेटमा गोल गर्दा म्यानचेस्टर सिटीले ६-३ ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै म्यानचेस्टर सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। सिटी १९ खेलबाट ४७ अंक जोड्दै शीर्षस्थानमा रहँदा १८ खेलबाट ४१ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। २२ अंक जोडेको लेस्टर सिटी भने दशौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell