PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

छैटौं चरणको अन्तिम खेल: सातदोबाटोलाई जावलाखेलको चुनौती



पहिलोपोस्ट

छैटौं चरणको अन्तिम खेल: सातदोबाटोलाई जावलाखेलको चुनौती
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन्।

सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले जावलाखेलको टिम राम्रो भएको भन्दै आफ्नो ध्यान स्कोरिङमा रहेको बताए।

'जावलाखेल राम्रो टीम छ। गेम राम्रो खेलिरहेको छ। हामीले जावलाखेलसँग खेल्नेभनेर अभ्यास गरिरहेका छौं। स्कोरिङ सबैको समस्या छ। हाम्रो फोकस त्यसैमा छ।' उनले भने।

५ खेलबाट ८ अंक जोडेको सातदोबाटो तालिकाको तालिकाको पाँचौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पछि पार्दै ११ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लने छ।

त्यस्तै रेलिगेशन क्षेत्रबाट माथि उठन् संघर्ष गरिरहेको जावलाखेल ४ अंक जोड्दै तालिकाको १२ औं स्थानमा छ। अर्को ४ अंक जोडेको टोली च्यासल रेलिगेसन क्षेत्रमा रहँदा गोलअन्तरका आधारमा मात्र जावलाखेल रेलिगेशन क्षेत्र भन्दा माथि छ। आजको खेलमा जित निकालेको खण्डमा जावलाखेलले सातौं स्थानमा रहेको थ्री स्टार र आठौं एनआरटीसँग अंक बराबरी गर्नेछ।

जावलाखेल र सातदोबाटो दिउँसो १ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell