PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यू, ११ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न रोक



पहिलोपोस्ट

दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यू, ११ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न रोक
Photo : PIT via NDTV

भारतको राजधानी दिल्लीमा कोभिड १९ संक्रमणको दर वृद्धि भएसँगै आजदेखि रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ। राति ११ बजेदेखि बिहान ५ बजेसम्म आजबाट कर्फ्यू लागू हुनेछ।

ओमोक्रन भेरियन्टको त्रासबिच आइतवारमात्रै दिल्लीमा २९० जनामा संक्रमण देखिएको थियो। भारतमा ओमोक्रन भेरियन्टको प्रभाव दिल्लीमा अत्याधिक छ।

संक्रमण रोक्न नै रात्रिकालीन कर्फ्यू लगाउनु परेको अधिकारीहरुले बताएका छन्। अत्यावश्यक सेवाहरु भने यो समयमा प्रभावित हुने छैनन्। बजार, मल र पसलहरु राति ११ बजेसम्ममा बन्द गर्नुपर्नेछ। यस्तै, स्वास्थ्य मापदण्ड पालना गर्न पनि राज्य सरकारले सबैलाई आग्रह गरेको छ। मास्कलाई पनि फेरि अनिवार्य गरिएको छ।

यसअघि उत्तर प्रदेश र हरयाणामा पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरिएको थियो।

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५३१ जनामा कोभिड १९ संक्रमण देखिँदा ३१५ जनाको मृत्यु भएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell