PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कोरोना महामारीपछि १ बिलियन डलर कमाउने पहिलो फिल्म बन्यो स्पाइडर म्यान : नो वे होम



पहिलोपोस्ट

कोरोना महामारीपछि १ बिलियन डलर कमाउने पहिलो फिल्म बन्यो स्पाइडर म्यान : नो वे होम
Photo : SONY PICTURES

विश्वभरका सिनेमाहलहरुमा हाल प्रदर्शन भइरहेको स्पाइडर म्यान : नो वे होमले १ बिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार गरेको छ।

ग्लोबल बक्स अफिसमा कोरोना भाइरस संक्रमण यता १ बिलियन अमेरिकी डलर कमाउने यो पहिलो फिल्म बनेको हो। ओमोक्रन संक्रमणबिच फेरि स्वास्थ्य मापदण्ड पालना गर्ने र प्रतिबन्धहरु लागू हुने क्रम बढिरहेको बेला फिल्म रिलिज भएको दुई हप्तामा नै स्पाइडर म्यानले रेकर्ड बनाएको छ। स्पाइडर म्यानको नयाँ संस्करण विश्वको ठूलो सिनेमा बजार मानिएको चीनमा रिलिज भएको छैन।

स्टार वार्स : दी राइज अफ स्काइवाल्करले सन् २०१९ मा १ बिलियन अमेरिकी डलरको व्यापार गरेको थियो। कोरोना महामारीपछि दुई वर्षको अन्तरालमा कुनै पनि हलिउड फिल्मले बक्स अफिसमा 'माइलस्टोन' मानिएको १ बिलियन डलरको रेकर्ड तोड्न सकेको थिएन।

यस्तै, स्पाइडर म्यानको यो संस्करण सन् २०२१ मा सबैभन्दा बढी व्यापार गर्ने फिल्म समेत बनेको छ। यसअघि कोरियन युद्धसँग सम्बन्धित फिल्म दी ब्याटल अफ लेक चानजिङले ९०५ अमेरिका डलरको व्यापार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell