PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

रिभरसाइड स्प्रिङस् रिसोर्टमा 'कर्पोरेट बिच क्रिकेट'



पहिलोपोस्ट

रिभरसाइड स्प्रिङस् रिसोर्टमा 'कर्पोरेट बिच क्रिकेट'

आउँदो माघ ७ र ८ गते चितवनको रिभर साइड स्प्रिङस् रिसोर्टमा 'कर्पोरेट बिच क्रिकेट' आयोजना हुने भएको छ। खेल र पर्यटनको संयुक्त प्याकेजका रुपमा 'कर्पोरेट बिच क्रिकेट' हुन लागेको हो। त्रिशुली बगरमा हुने क्रिकेटसँगै डीजे सेसन र ककटेल पार्टी समेत हुनेछ। आयोजक एन इभेन्टस् नेपालका अनुसार पुस २८ गतेसम्म टिम इन्ट्रीका लागि समय तोकिएको छ। एन इन्भेस्टमेन्ट एन्ड ट्रेडर्स प्रालिको सिस्टर कम्पनी हो एन इभेन्टस्।

कर्पोरेट बिच क्रिकेटमा कर्पोरेट क्षेत्र, बैंक, होटल निजी अस्पताल लगायतका क्षेत्रहरु सहभागी हुनेछन्। कूल १० कर्पोरेट हाउसलाई यसमा सहभागी गराइने एन इभेन्टसका प्रवन्ध निर्देशक रविन जोशीले जानकारी दिए। उनका अनुसार यो इभेन्ट खेलभन्दा ज्यादा 'फन'का लागि आयोजना गरिएको हो। 

दश वटा टीमबिच बालुवामा क्रिकेट खेलाइने छ। हरेक टीममा एक जना महिला खेलाडी अनिवार्य हुने छ। प्रवन्ध निर्देशक जोशीका अनुसार ५ ओभरको क्रिकेटसँगै म्युजिक र ककटेल यसको विशेषता रहने छ। 'क्रिकेटभन्दा बढी फनका लागि यसको आयोजना गरिएको हो,' जोशीले भने।
वार्स्टनर बियर मुख्य प्रायोजक रहेको इभेन्टको बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक, हस्पिटल पार्टनर स्टार हस्पिटल र हस्पिटालिटी पार्टनर रिभरसाइड स्प्रिङस् रिसोर्ट रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell