PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

किन परिवर्तन हुँदैछ सनी लियोनको 'मधुवनमे राधिका नाचे’ गीतको शब्द?



पहिलोपोस्ट

किन परिवर्तन हुँदैछ सनी लियोनको 'मधुवनमे राधिका नाचे’ गीतको शब्द?

सनी लियोनको अभिनय रहेको ‘मधुवनमे राधिका नाचे’ बोलको गीतको शब्द परिवर्तन हुने भएको छ।

गीतको चर्को आलोचना भएपछि म्युजिक कम्पनि सारेगमाले गीतको शब्द परिवर्तन गरेर गीत अपलोड गर्ने घोषणा गरेको हो। सनी लियोन फिचर्ड यो गीत चारदिनअघि रिलिज भएको थियो। गीत रिलिज भएसँगै गीतमा प्रयोग भएको शब्द अश्लील भएको र हिन्दुको आस्थामाथि नकारात्मक असर परेको भन्दै कट्टरपन्थी हिन्दुवादी समूहहरुले गीत हटाउन माग गरेको थियो। 

यस्तै, उत्तर प्रदेशको मथुरामा रहेका साधुहरुले यस गीतलाई प्रतिबन्ध गर्न माग गरेका थिए। हिजोमात्रै मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले गीतको शब्दहरु परिवर्तन गरेर सनी लियोन र शाकिब तोशीले माफी माग्नुपर्ने बताएका थिए। साथै उनले गीतको शब्दहरु तीन दिनसम्म नहटाएको खण्डमा दुवैविरुद्ध कानुनी कारवाही गर्ने धम्की समेत दिएका थिए।

मिश्राको धम्कीपछि सारेगमाले यसको शब्द परिवर्तन गर्ने निर्णय गरेको हो। सारेगमाले इन्स्टाग्राममा एक विज्ञप्ति जारी गदै गीतको शब्दहरु परिवर्तन गर्नुका साथै नयाँ गीत अपलोड गर्ने जानकारी दिएको हो।

‘हालसालै आएका प्रतिक्रियाहरु र सम्पुर्ण देशवासीहरूको भावनाको सम्मान गदै हामीले गीतको शब्दहरु परिवर्तन गर्ने भएका छौँ। आउँदो ३ दिन भित्र सम्पुर्ण प्लेटफर्महरुमा नयाँ गीत अपलोड गरिनेछ’ सारेगमाको पेजमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell