PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

कागेश्वर मनोहरामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु



रासस

कागेश्वर मनोहरामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

काठमाडौं : काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell