PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो कस्तो? बन्दसत्रमा राजनीतिक प्रतिवेदन वाचन गर्दै प्रचण्ड



पहिलोपोस्ट

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो कस्तो? बन्दसत्रमा राजनीतिक प्रतिवेदन वाचन गर्दै प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हाल संचालन भइरहेको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन्।

'२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेश गरेका हुन्। प्रतिवेदन पेश गर्दै प्रचण्डले पुँजीवादीहरुले विश्वमा गठबन्धन बनाइरहेको र राजनीतिक ध्रुविकरण बढिरहेको बताएका छन्। यस्तै, धनी राष्ट्रहरुका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको उनको दाबी छ।

प्रचण्डले नेपालमा समाजवादको संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीति, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु, पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा शीर्षकमा प्रतिवेदन पेश गरेका हुन्।

उनले पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रष्ट पार्ने प्रयास प्रतिवेदन मार्फत गर्ने बताइएको छ।

यस्तै, देव गुरुङले बन्दसत्रमा विधान प्रतिवेदन पेश गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell