
काठमाडौं: एभीसी सेन्ट्रल जोन पुरुष/महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपाली महिला भलिबल टोलीले जित निकालेको छ। बंगलादेशमा जारी प्रतियोगितामा नेपाली टोलीले कीर्गिस्तानमाथि ३-० को सोझो सेटमा हराएको हो।
पहिलो सेटमा २५-८ को सहज जित निकालेको नेपालले दोस्रो सेटमा २५-१४ ले जित निकालेको थियो। त्यस्तै सुरुमा प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा २५-१७ ले जित निकालेको हो।
जारी प्रतियोगितामा अपराजित रहेको नेपालले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल खेलमा नेपालले मंगलवार सवा ११ बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली महिला टोली
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।