PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

भित्र नेताहरु छलफलमा, बाहिर जनयुद्धदेखि प्रचण्डपथ झल्कने चित्रकला

भित्र नेताहरु छलफलमा, बाहिर जनयुद्धदेखि प्रचण्डपथ झल्कने चित्रकला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। यस्तै, हलमा विभिन्न प्रतिवेदन र विधानबारे छलफल हुँदैछ।

सभाहल बाहिरको कोठामा भने जनयुद्ध र प्रचण्ड पथको झल्को दिने पेन्टिङ र तस्विरहरु राखिएका छन्। विभिन्न कलाकारहरुले जनयुद्धमा गरेको संघर्ष, युद्ध लगायतका विषयलाई केन्द्रमा राखेर चित्र बनाएका छन्।

प्रदर्शनीमा लिकाधर केसी, जुलुमलाल चित्रकार, खेमबहादुर विक, देवन्द्र थुम्केली नारदमुनि हार्ताम्छाली, निरमाया लामा, शिव शेर्पाली, देवेन्द्र थुम्केली, प्रदीप अधिकारी, पूर्णिमा पौडेल, पाल्सोङमो लामा, अमिर शाक्य, जिग्मे तामाङ, केशवराज खनाल, लालमान लामा, कमानसिंह लामा, राजकुमार राना, एस सी सुमन, अमर परियार राजु पुलामी र राजकुमार खडकाको चित्रहरु समावेश छन्।



ट्रेन्डिङ पोस्ट

Ncell