PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

माओवादी महाधिवेशन : देव गुरुङले विधान संशोधन प्रस्ताव वाचन गर्दै



पहिलोपोस्ट

माओवादी महाधिवेशन : देव गुरुङले विधान संशोधन प्रस्ताव वाचन गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रचण्डले प्रतिवेदन वाचन गरेपछि देव गुरुङले विधान संशोधन प्रस्‍ताव पेश गरिरहेका छन्।

अहिले सभाहलमा देव गुरुङले संशोधन प्रस्ताव वाचन गरिरहेका छन्। उनले वाचन गरिरहेका विधानमा जिल्ला समन्वय समितिमा स्थानीय पालिकाका अध्यक्ष उपाध्यक्ष र सचिव रहने नयाँ व्यवस्था गरिएको छ। विधानमा वर्ग संघर्ष, साम्यवाद, जनवादी क्रान्ति लगायतका विषयमा समेत उल्लेख छ।

संशोधित विधान वाचन गर्दै उनले प्रदेशमा ९ सदस्यीय पदाधिकारी हुने नयाँ व्यवस्था गरिएको बताए। प्रदेश कमिटी जनसंख्याका आधारमा तोकिने उनले बताए। 

यता, प्रचण्डले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेश गरेका थिए।

प्रचण्डले नेपालमा समाजवादको संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीति, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु, पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा शीर्षकमा प्रतिवेदन पेश गरेका थिए।

प्रचण्डले पुँजीवादीहरुले विश्वमा गठबन्धन बनाइरहेको र राजनीतिक ध्रुविकरण बढिरहेको बताएका छन्। यस्तै, धनी राष्ट्रहरुका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको उनको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell