PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

माओवादी दस्तावेजमाथि छलफल गर्ने २५ समूह : को कुन समूहमा? कसले गर्दै छ नेतृत्व?



पहिलोपोस्ट

माओवादी दस्तावेजमाथि छलफल गर्ने २५ समूह : को कुन समूहमा? कसले गर्दै छ नेतृत्व?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि समूह विभाजन गरिएको छ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका छन्। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका छन्। समूहगत छलफलपछि भोलिदेखि समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

२५ समूहमध्ये पहिलो समूह एमके प्रसाईँको संयोजकत्वमा जेष्ठ कम्युनिस्ट मञ्च मञ्चमा छलफलमा जुट्नेछ। त्यस्तै १३९ जना प्रतिनिधि रहेको सल्लाहकार कमिटीका प्रतिनिधिहरु दुई समूहमा विभाजित भएका छन्। २ र ३ नम्बर समूहको संयोजकत्व नन्दकुमार थापाले गर्नेछन्। उनीहरु मञ्चको दायाँ र बाँया भागमा बस्नेछन्।

त्यस्तै, प्रदेश १ को तर्फबाट हर्क नेम्वाङको संयोजनमा ४ र ५ नम्बर समूह बनेका छन्। यो समूह भानुभक्त हलमा छलफलमा जुट्ने छ। प्रदेश २ का प्रतिनितिले ६ र ७ नम्बर समूह पारिजात हलमा गणेश साहको संयोजकत्वमा छलफल गर्ने छन्।

८ र ९ समूह लुम्बिनी प्रदेशका प्रतिनिधिहरु रहेका छन्। यो समूह चक्रपाणि खनालको संयोजनमा सिद्धिचरण हलमा छलफलमा जुट्ने छन्। त्यस्तै, गण्डकी प्रदेशका प्रतिनिधिहरु १० र ११ नम्बर समूहमा छलफलमा जुट्ने छन्। यो समूहको संयोजन गायत्री गुरुङले गर्नेछिन्। यो समूह पार्टी मुख्यालय पेरिसडाँडाको माथिल्लो हलमा छलफलमा बस्ने छ। समूह १२ प्रवास समिति लक्ष्मण पन्तको संयोजनमा पेरिस डाँडाकै मजदुर हलमा छलफल गर्नेछ।

१३ र १४ नम्बर समूह कर्णाली प्रदेशका प्रतिनिधिहरु विमला केसीको संयोजनमा ए-वान पार्टी प्यालेस, बानेश्वरका दुई हलमा छलफलमा जुट्ने छन्। ए-वानमै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु १५ र १६ नम्बर समूहमा खगराज भट्टको संयोजनमा छलफल गर्नेछन्।

त्यस्तै, केन्द्रीय विभागका प्रतिनिधिहरुलाई १७ र १८ नम्बर समूहमा विभाजन गरिएको छ। यो विभागको संयोजन मायाप्रसाद शर्माले गर्ने छन्। यी दुई समूह क्वालिटी ब्यांकेट, बुद्धनगरमा छलफलमा जुट्ने छ। १९ नम्बर समूह विशेष प्रदेशको समूह जगत सिंखडाको संयोजकत्वमा क्वालिटीमै बस्नेछ।

क्रिस्टल पार्टी प्यालेस बिजुलीबजारमा २० र २१ नम्बर समूह छलफलमा रहने छन्। यी दुई समूहमा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु रहेका छन्। यी समूहको संयोजन श्रीकृष्ण अधिकारीले गर्नेछन्।

वाग्मती प्रदेशका प्रतिनिधिहरु २२ र २३ नम्बर समूहमा विभाजन गरी शरल सहयात्रीको संयोजनमा काठमाडौं ब्याकेटमा छलफलमा जुट्नेछन्। त्यस्तै, सबै आयोगहरुका प्रतिनिधिहरु २४ नम्बर समूहमा रहेर छलफल गर्नेछन्। यो समूहको संयोजन विष्णु विकास श्रेष्ठले गर्नेछन्। जवस मोर्चाका इन्चार्जहरु, केन्द्रीय कार्यालयमा रहेका, एकता प्रक्रियामा आएकाहरू २५ औं समूहमा रहेका छन्। यो समूहको संयोजन अमृता थापाले गर्नेछिन्। यो समूह पनि काठमाडौं ब्याकेटमै छलफल गर्नेछ।

समूह र नेतृत्व

समूह १

सहभागीः जेष्ठ कम्युनिस्ट मञ्च

छलफलको स्थानः प्रज्ञा भवनको सभालको मुख्य भाग

समन्वयको जिम्मेवारीः एनके प्रसाईं

 

समूह २ र ३

सहभागीः सल्लाहकारहरु

छलफलको स्थानः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ-बायाँ

समन्वयको जिम्मेवारीः नन्दकुमार थापा

 

समूह ४ र ५

सहभागीः प्रदेश नं. १ का प्रतिनिधि

छलफलको स्थानः भानुभक्त हल, प्रज्ञा भवन

समन्वय गर्ने जिम्मेवारीः हर्क नेम्वाङ

 

समूह ६ र ७

सहभागीः प्रदेश नं. २ का प्रतिनिधि

छलफलको स्थानः पारिजात हल, प्रज्ञा भवन

समन्वय गर्ने जिम्मेवारीः गणेश साह

 

समूह ८ र ९

सहभागीः लुम्बिनी प्रदेशका प्रतिनिधि

छलफलको स्थानः सिद्धिचरण हल, प्रज्ञा भवन

समन्वय गर्ने जिम्मेवारीः चक्रपाणि खनाल

 

समूह १० र ११

सहभागीः गण्डकी प्रदेशका प्रतिनिधि

छलफलको स्थानः पार्टी कार्यालय, पेरिसडाँडा

समन्वय गर्ने जिम्मेवारीः गायत्री गुरुङ

 

समूह १२

सहभागीः प्रवास प्रदेशका प्रतिनिधि

छलफलको स्थानः पार्टी कार्यालय पेरिसडाँडा

समन्वय गर्ने जिम्मेवारीः लक्ष्मण पन्त

 

समूह १३ र १४

सहभागीः कर्णाली प्रदेशका प्रतिनिधि

छलफलको स्थानः ए-वान पार्टी प्यालेस

संयोजन गर्ने जिम्मेवारीः विमला केसी

 

समूह १५ र १६

सहभागीः सुदूरपश्चिम प्रदेशका प्रतिनिधि

छलफलको स्थानः ए-वान पार्टी प्यालेस

समन्वय गर्ने जिम्मेवारीः खगराज भट्ट

 

समूह १७ र १८

सहभागीः सम्पूर्ण विभागका प्रतिनिधि

छलफलको स्थानः क्वालिटी ब्यांकेट, बुद्धनगर

समन्वय गर्ने जिम्मवारीः मायाप्रसाद शर्मा

 

 

समूह १९

सहभागीः उपत्यका विशेष प्रदेशका प्रतिनिधि

छलफलको स्थानः क्वालिटी ब्यांकेट, बुद्धनगर

समन्वय गर्ने जिम्मेवारीः जगत सिंखडा

 

समूह २० र २१

सहभागीः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि

छलफलको स्थानः क्रिष्टल पार्टी प्यालेस, बिजुलीबजार

समन्वय गर्ने जिम्मेवारीः कृष्ण अधिकारी

 

समूह २२ र २३

सहभागीः वाग्मती प्रदेशका प्रतिनिधि

छलफलको स्थानः काठमाडौं ब्यांकेट, थापागाउँ

समन्वय गर्ने जिम्मेवारीः सरल सहयात्री

 

समूह २४

सहभागीः आयोगका सदस्य

छलफलको स्थानः काठमाडौं ब्यांकेट, थापागाउँ

समन्वय गर्ने जिम्मेवारीः विष्णुपुकार श्रेष्ठ

 

समूह २५

सहभागीः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि

छलफल गर्ने स्थानः काठमाडौं ब्यांकेट, थापागाउँ

समन्वय गर्ने जिम्मेवारीः अमृता थापामगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell