PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रचण्डको दस्तावेज मार्क्सवादको नेपाली मोडल भएको नारायणकाजी श्रेष्ठको दावी



पहिलोपोस्ट

प्रचण्डको दस्तावेज मार्क्सवादको नेपाली मोडल भएको नारायणकाजी श्रेष्ठको दावी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन्। 

मार्क्सवादलाई नेपाली परिवेश अनुसार विकास गर्ने गरी समाजवादको नेपाली मार्गचित्र सहितको दस्तावेज अध्यक्ष दाहालले प्रस्तुत गरेका छन्।

विज्ञान प्रविधिको विकास र त्यसपछि आएको परिवर्तन, विश्वले व्यहोरिरहेको जलवायु परिवर्तनको समस्यालाई मार्क्सवादी दृष्टिकोणबाट नयाँ विचार दिने काम दस्तावेज मार्फत् अध्यक्ष प्रचण्डले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  

त्यस्तै, नेपालको राजनीतिक कार्यदिशाको सन्दर्भमा २१ औं शताब्दीमा नेपाली समाजवादी विकासको मोडलसमेत दिएको उनले जानकारी दिए। उनले प्रचण्डले पार्टीको विधि पद्धतीमा देखा परेका अराजकताहरुको समीक्षा गर्दै क्रान्तिकारी रुपान्तरण जरुरी रहेको निष्कर्ष प्रस्तुत गरिएको छ। 

दस्तावेज समाजवादको विकास र क्रान्तिकारी विचारको निर्माण गर्ने दिशामा आएको उनले बताए। उनले नेपालमा क्रान्तिकारी रुपान्तरणको सम्भावनाको बीऊ माओवादीमा भएको भन्दै पार्टीको रोगव्यादीको पहिचान गर्दै त्यसलाई निराकरण गर्नेतर्फ दस्तावेज आएको बताए। 

जनतासँग जोडिने गरी उत्पादनमा जनतालाई जोडेर अगाडि बढ्ने र नेताहरु गाउँगाउँमा पुग्ने गरी योजनासमेत दस्तावेजमा आएको उनले दाबी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell