PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

एकैदिन ५ लाख ६८ हजार बढीले लगाए खोप, थपिए २७१ संक्रमित



पहिलोपोस्ट

एकैदिन ५ लाख ६८ हजार बढीले लगाए खोप, थपिए २७१ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ५ लाख भन्दा बढीले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। विद्यालयमा नै विद्यार्थीलाई खोप दिन सुरु भएपछि खोप लगाउनेको संख्या बढेको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका हुन्।

यस्तै, १० हजार ८८६ जनाको परीक्षण गर्दा २७१ जनामा संक्रमण देखिएको छ। २२५ जना संक्रमण मुक्त भएका छन्।

थप एकजना संक्रमितको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell