काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज र निजी अस्पताललाई पनि कोभिड–१९ विरुद्ध खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमता भएका निजी अस्पताललाई केन्द्र सञ्चालन दिने निर्णय गरेको हो।
मन्त्रालयले केन्द्र सञ्चालन गर्न चाहनेलाई सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गर्न समेत आग्रह गरेको छ।
अहिले सरकारी, सामुदायिक र स्थानीय तहले खोप अभियान सञ्चालन गर्दा स्वास्थ्य केन्द्रहरुमा कोभिडविरुद्धको खोप लगाइने गरिएको छ।
मन्त्रालयले सरकारले तोकेको नियम अनुसार खोप केन्द्र सञ्चालन गर्न दिने जनाएको छ।