PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

काठमाडौंमा असीम कौर र याबेश थापाको कन्सर्ट



पहिलोपोस्ट

काठमाडौंमा असीम कौर र याबेश थापाको कन्सर्ट

काठमाडौं : बलिउड गायिका असीस कौर नेपाल आउने भएकी छिन्। उनी पुस २३ गते दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टका लागि नेपाल आउन लागेकी हुन्।

फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो। 

आयोजक संस्थाका सिइओ शाहिल खानले भने,‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत कार्यक्रमले दिनेछ। कौरको ‘राता लम्बिया’ गीत अहिले व्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो।’ उनले भने।

कार्यक्रममा आसीस कौरका साथै नेपाली गायक याबेश थापा पनि प्रस्तुती दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell