PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सैन्य सरकारको विरोध गर्ने म्यानमारका चर्चित सेलिब्रेटीलाई ३ वर्षको जेल सजाय



पहिलोपोस्ट

सैन्य सरकारको विरोध गर्ने म्यानमारका चर्चित सेलिब्रेटीलाई ३ वर्षको जेल सजाय
Photo : PAITAKON FAN CLUB

म्यानमारमा 'सैन्य कू'को विरोधमा प्रदर्शनमा सहभागी भएका चर्चित अभिनेता र मोडल पाइंग ताखोनलाई ३ वर्षको जेल सजाय सुनाइएको छ। लाखौं फ्यान भएका म्यानमारका चर्चित सेलिब्रेटी ताखोन जुन्ता सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिनुका साथै अनलाइनबाट पनि सरकारको आलोचनामा केन्द्रित थिए।

गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। त्यसयता आङ सान सूचीसहित कयौं नेता र प्रदर्शनमा सहभागीहरुलाई सेनाले नियन्त्रणमा राख्दै विभिन्‍न मुद्दा लगाउँदै आएको छ।

ताखोनलाई भने अप्रिलमा पक्राउ गरिएको थियो। उनलाई नियन्त्रणमा लिन बिहानै ८ वटा ट्रकमा ५० सैनिकहरु पुगेको ताखोनको परिवारले बताएको छ। ताखोनका वकिलका अनुसार उनलाई कारागारमा कडा श्रमको सजाय समेत सुनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell