
काठमाडौं : कोभ्याक्स सुविधा अन्तर्गत पछिल्लो चरणमा मात्रै ६० लाख ३९ हजार डोज कोभिसिल्ड र १६ लाख ८६ हजार डोज मोडर्ना खोप नेपालमा भित्रिएको छ। २९ नोभेम्बरदेखि २० डिसेम्बरभित्र यस परिमाणमा खोप आपूर्ति भएको हो। खोपका अतिरिक्त ३० लाख थान सिरिन्ज ८३ हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टिकृत 'वाक इन कुलर' नेपाललाई हस्तान्तरण गरिएको छ।
कोभ्याक्स भ्याक्सिनको पछिल्लो आपूर्तिले नेपाली जनताको जीवन सुरक्षा गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ। २२ डिसेम्बरसम्मको आँकडा अनुसार नेपालमा २ करोड २० लाख खोप लगाइसकिएको छ। जसमध्ये ९७ लाख मानिसहरूले पूर्ण खोप पाइसकेका छन् र १ करोड ३८ लाख मानिसहरूले आंशिक रुपमा १ मात्रा खोप पाएका छन्।
यसमध्ये कोभ्याक्स एएमसी डेलिभरी अन्तर्गत प्राप्त भएको १६ लाख ८६ हजार डोज मोडर्ना खोपले अहिले लगाउने क्रम जारी छ। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिइँदैछ।
सीईपीआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहकार्यका रुपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकारहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, प्रतिष्ठानहरू र निजी क्षेत्रको ठूलो सहायताबाट नेपालमा खोपको यो अवस्था सम्भव भएको हो।
नेपालमा कोभ्याक्स सुविधालाई अष्ट्रेलिया, चीन, युरोपियन युनियन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेविया, स्विटजरल्याण्ड, बेलायत र अमेरिकाले सघाएका छन्। विभिन्न दातृ सरकारी साझेदारहरू, प्रतिष्ठानहरू र निगमहरूले त्यसका लागि आर्थिक सहायता पुर्याएका छन्। कोभ्याक्स सुविधाको दाताहरूको प्रतिवद्धताको पूर्ण सूची हेर्नुस् :