PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

'मास्टरसेफ रिम्याच' मा सन्तोष शाहको जित



पहिलोपोस्ट

'मास्टरसेफ रिम्याच' मा सन्तोष शाहको जित
Photo : BBC

सन्तोष शाह 'बीबीसी मास्टरसेफ' का विजेता बनेका छन्। ३४ वर्षीय शाहले सोमवार सम्पन्न भएको 'बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१' उपाधि हात पारेका हुन्। विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिँदै उक्त प्रतिस्पर्धा भएको थियो।

प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए। प्रतिस्पर्धामा नेपाली परिकारहरु पस्केर अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दैँ सन्तोषले  उपाधि जितेका हुन्।

अघिल्लो संस्करणमा उनले नेपाली परिकार बनाएर निर्णायक मार्कस वेयरिङ, मोनिका गालेटी र ग्रेग वालेसलाई मात्र नभइ नेपाली दर्शकलाई समेत निकै प्रभावित बनाएका थिए। 

उनले विजेता बनेसँगै बीबीसी मास्टरसेफको भान्सामा खाना पकाउन आमन्त्रित हुन पाउँदा निकै रमाइलो लागिरहेको बताएका छन्। साथै नेपाली परिकारलाई विश्वमा चिनाउन पाएकोमा निकै गर्व लागेको उनको तर्क छ।

उनले प्रतिस्पर्धामा म्यारिनेटेड चिकेन ब्रेस्ट, तामाको अचार, कुखुराको मासुको झोल, कोदोको पुलाव, मालपुवा र भुइँकटहरको राबडी लगायत परिकार बनाएर पस्केका थिए। साथै सुपको आइसक्रीम,तरुल, काउली, भन्टा, आलु लगायतका सात प्रकारका तरुवा समेत बनाएर खुवाएका थिए।

निर्णायकमध्ये मोनिका गालेटीले सन्तोष शाहले पाएका हरेक परिकार खाँदा उनीसँगै आफूले नेपालको यात्रा गरिरहेको जस्तो महसुस भएको प्रतिक्रिया दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell