PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एकदिन लम्बिने भयो माओवादीको महाधिवेशन, मातृकाले भने : केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्छ



पहिलोपोस्ट

एकदिन लम्बिने भयो माओवादीको महाधिवेशन, मातृकाले भने : केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्छ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन एकदिन बढी लम्बिने भएको छ। सुरुमा राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले शनिवार सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।

पुस ११ गतेदेखि १५ गतेसम्म भनिएको महाधिवेशन अब एकदिन बढी अर्थात १६ गतेसम्म संचालन हुने भएको छ। आज बसेको माओवादीको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति एकदिन बढाएको नेता देवेन्द्र पौडेलले जानकारी दिए।   

अहिले बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल भइरहेको छ। बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि २५ समूह विभाजन गरिएको छ। प्रतिनिधिहरुबिच प्रज्ञादेखि विभिन्न पार्टी प्यालेससम्म छलफल सुरु भएको हो।।

अब उक्त समूहले नेता छनोट गर्ने र दस्तावेजबारे बोल्न हरेक नेतालाई १५ मिनेटको समय दिने निर्णय समेत भएको छ।  

'भोलि १ बजे दखि समूह नेताले समूहको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ। पर्सीसम्म निष्कर्ष पेश गर्ने समय निर्धारण गरेको छ' पौडेलले भने।

बैठक पछि प्रतिक्रिया दिँदै मातृका यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने बताए। यसैले हाल आफूहरुको पहिलो प्राथमिकता सहमति मै कमिटी गठन रहेको भन्दै उनले भने, 'कमिटी गठनगर्दा समानुपातिक प्रतिनिधित्व संविधानको व्यवस्था लगायतलाई ध्यानमा राखेर मापदण्ड तयार गर्ने विषयमा छलफल भयो।'

उनले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको समेत बताए।

भने, 'हामीमा बिग्रिएको कुराको समीक्षा हुन्छ। प्रचण्ड आफू तिर फर्किनु भयो। अब हाम्रो पालो हो। नेतृत्व बिग्रिनुमा हामी पनि दोषी छौ। हामी कति सुध्रिने भन्ने प्रश्न हो।'

बैठकमा राम कार्कीले पेश गरेको पुरक प्रस्ताव माथि पनि छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell