PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'आमा' को चौथो सिजनमा उषा खड्गीको इन्ट्री



पहिलोपोस्ट

'आमा' को चौथो सिजनमा उषा खड्गीको इन्ट्री

काठमाडौं: पूर्वमिस नेपाल उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा देखिने भएकी छन्।

‘आमा सिजन ४’ मार्फत आफू चाडैं दर्शकमाझ माझ उपस्थित हुने खड्गीले जानकारी दिइन्। सो कार्यक्रममा आमाको आशिर्वाद र प्रेरणाको भूमिकालाई प्रस्तुत गरिनेछ।

नेपालका त्यस्ता सन्तान जसले नेपालको शीर र नामलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाएका छन्। तर, ती सन्तानलाई जन्म दिने आमा सन्तानको खुसीमा रमाउँदै गुमनाम छन्। कार्यक्रममा तीनै गुमनाम आमाहरुका त्याग, बलिदान, प्रेरणा र संघर्षलाई प्रस्तुत गरिने बताइएको छ।

कार्यक्रम 'आमा' को पहिलो सिजनमा प्रस्तोता सविना कुवँर, दोस्रो सिजनमा अभिनेत्री गौरी मल्ल र तेस्रो सिजनमा रिता लामिछाने प्रस्तोताको रुपमा देखिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell