PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

उज्बेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन : दोस्रो पटक सेन्ट्रल जोन पोल्टामा



पहिलोपोस्ट

उज्बेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन : दोस्रो पटक सेन्ट्रल जोन पोल्टामा

काठमाडौं: एभीसी सेन्ट्रल जोन महिला भलिबलको आज सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगितामा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।

आज सम्पन्न खेलमा पहिलो सेट नेपालले पहिलो २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा नेपालले २५–१५ ले जित निकाल्दा चौथो सेट उज्बेकिस्तानले २५-२२ ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै प्रतिस्पर्धात्मक पाँचौ सेटमा नेपालले १५– १० ले जित निकाल्दै उपाधि जितेको हो।

यो सँगै नेपाली महिला टोलीले लगातार दोस्रो पटक सेन्ट्रल जोनको उपाधि जितेको हो

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell