PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मेलमिलाप दिवस मनाउन रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ जाने



पहिलोपोस्ट

मेलमिलाप दिवस मनाउन रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ जाने

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रिय मेलमिलाप दिवस मनाउनका लागि गृह जिल्ला तनहुँ जाने भएका छन्। वीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्केको स्मरण गर्दै कांग्रेसले हरेक पुस १६ गते मेलमिलाप दिवस मनाउने गर्छ।

पौडेल कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आयोजना गरेको मेलमिलाप दिवसमा सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। पौडेल मेलमिलाप दिवसको कार्यक्रममा सहभागी हुन बिहीवार दमौली जाने कार्यक्रम रहेको छ।

पौडेलले मेलमिलाप दिवसको कार्यक्रमका अतिरिक्त तनहुँ नयाँ जिल्ला कार्यसमितिको पद हस्तान्तर कार्यक्रममा पनि सहभागी हुनेछन्। तनहुँमा पौडेल निकट सभापतिका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गर्दै जीतप्रकाश आले निर्वाचित भएका छन्। आलेलाई तनहुँमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई लगायतका नेताहरुले सहयोग गरेका थिए। आलेले आफू पौडेलकै पक्षमा रहेको बताउदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell