PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सर्लाहीका ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा बुधवार साँझसम्म निषेधाज्ञा



पहिलोपोस्ट

सर्लाहीका ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा बुधवार साँझसम्म निषेधाज्ञा

काठमाडौं : सर्लाहीको ईश्वरपुर नगरपालिकाको केही वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। नगरपालिकाको वडा नं ४, ५, ६, ८ र ९ मा निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एकजनाको ज्यान गएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि अवस्था नियन्त्रण गर्न आज दिउँसो ३ बजेदेखि बुधवार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

आइतवार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परेर स्थानीय रामकुमार महतोको ज्यान गएको थियो। ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किन पुगेका थिए। त्यसलगत्तै महतोको ज्यान गएको थियो।

आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका र त्यस क्रममा भएका झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी घाइते भएका थिए। निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रदर्शनस्थालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell