PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एसीसी यू १९ एसिया कप: नेपाल जितविहीन, कुवेतको सान्त्वना जित



पहिलोपोस्ट

एसीसी यू १९ एसिया कप: नेपाल जितविहीन, कुवेतको सान्त्वना जित
तस्बिर: एसीसी

काठमाडौं: यूएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपाल जितविहीन भएको छ। आज सम्पन्न खेलमा कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले टस हारेर ब्याटिङमा उत्रिएको थियो। नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनाएको थियो।

सामान्य ब्याटिङ गरेको नेपालका लागि बसीर अहमदले सर्वाधिक ५६ रन बनाउँदा विवेक मगरले ५० रन बनाए। त्यस्तै मोहम्मद आदिल आलमले ४९ रन बनाउँदा शेर मल्लले २१ र दीपेश कणेडलले १५ रनको योगदान दिए।

बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले समान ३/३ विकेट लिँदा हेन्री थोमस र मोहम्मद बस्तकीले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतले ४८.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। राम्रो ओपनिङ गरेको कुवेतका लागि मित भवसरले अविजित रहँदै १७५ रन बनाउँदा जुड सल्दन्हाले २५ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यान खासै नचले पनि खराब बलिङ गर्दै नेपालले २५ रन अतिरिक्त दिएको थियो।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३ विकेट लिँदा शेर मल्ल, वसीर अहमद र विवेक यादवले समान २/२ विकेट लिए।

यसअघि बंगलादेश र श्रीलंकासँग पराजित नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै अघिल्ला दुई खेलमा पराजय ब्यहोरेर पनि कुवेतले नेपालविरुद्ध सान्त्वना जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell