PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित



पहिलोपोस्ट

सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीले लिभरपुलमाथि १-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीलाई जित दिलाउन एडेमोला लुकम्यानले निर्णायक गोल गरे। उनले खेलको ५९ औं मिनेटमा किइरनन डेउर्सबरी-हलको पासमा गोल गरेका थिए। त्यसअघि पहिलो हाफमा पेनाल्टीमा पाएको अवसरमा लिभरपुलका मोहम्मद सलाह चुकेका थिए। खेलको १५ औं मिनेटमा पाएको पेनाल्टीलाई लेस्टरका गोलकिपर कास्पेर स्माइकलले जोगाएका थिए। त्यस्तै केही सुनौला अवसरहरुमा साडियो माने चुकेका थिए।

लिभरपुलको पराजयसँगै शीर्षस्थानमा म्यानचेस्टर सिटी ६ अंकले स्पस्ट अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलले १९ खेलबाट ४१ अंक जोड्दै समान खेलबाट सिटीले ४७ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको चेल्सीको पनि ४१ अंक छ। जितसँग लेस्टरले २५ अंक जोडेर तालिकाको नवौं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell