PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

दोलखाको खरीढुंगामा हिउँमै बस सररर ...

दोलखाको खरीढुंगामा हिउँमै बस सररर ...

पहिलोपोस्ट /पहिलोपोस्ट


मौसमी बदलीसँगै दोलखामा भारी हिमपात भएको छ। दोलखाको कालिन्चोक, चरिकोट, खरीढुंगा लगायतका क्षेत्रमा हिमपात भएको हो।

हिमपातका कारण सवारीसाधन आवतजावतमा समस्या परेको छ। सडकमा हिउँ जमेपछि सवारीसाधनहरु बिचबाटो मै अड्किएका छन्। केही बस भने हिउँ बिच नै गन्तव्यतिर लागेका छन्।  

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।



ट्रेन्डिङ पोस्ट

Ncell