
अमेरिका र फ्रान्समा हालसम्म कै धेरै कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। ओमोक्रन भेरियन्टको संक्रमण फैलिरहँदा युरोप र अमेरिकामा संक्रमणको दर ह्वात्तै बढेको हो।
अमेरिकामा एकैदिन ४ लाख ४० हजार बढीमा संक्रमण देखिएको हो। यो संख्या अझै बढ्न सक्ने बताइएको छ। क्रिसमस र नयाँ वर्षमा परीक्षण गराउने घटेकाले संक्रमतिको संख्या बढ्ने बताइएको हो।
यस्तै, फ्रान्समा युरोपमै हालसम्म कै धेरैमा संक्रमण देखिएको छ। मंगलवार १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको हो। फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भेरानले दैनिक २ लाख ५० हजार बढीमा संक्रमण देखिन सक्ने बताइएको छ।
फ्रान्समा संक्रमितको संख्या बढ्दै गएपछि नयाँ प्रतिबन्धहरु लागू भइसकेको छ। यस्तै, मंगलवार इटाली, ग्रिस, पोर्चुगल र इंग्ल्याण्डमा पनि संक्रमितको संख्या हवात्तै बढेको छ।