PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश २ मा एमालेको जिल्ला अधिवेशन पुस २३ गते, पर्सामा ७ जना अध्यक्षका आकांक्षी



राधेश्याम पटेल

प्रदेश २ मा एमालेको जिल्ला अधिवेशन पुस २३ गते, पर्सामा ७ जना अध्यक्षका आकांक्षी

वीरगंज : प्रदेश २ को आठ जिल्लामा पुस २३ गते जिल्ला अधिवेशन हुने भएको छ। बर्दिवासमा मंगलवार नेकपा एमाले प्रदेश २ कमिटीको बैठकले केन्द्रीय कमिटिले यसअघि निर्धारण गरेको जिल्ला अधिवेशनको समय तालिकालाई सहमति जनाउँदै पुस २३ गते नै प्रदेश २ का आठ जिल्लामा अधिवेश गर्ने निर्णय गरेको नेकपा एमाले प्रदेश २ का अध्यक्ष रामऔतार यादवले जानकारी गराए।

अधिवेशन सुनिश्चित भएपछि अहिले जिल्लाजिल्लामा नेता कार्यकर्ताहरुको चहलपहल सुरु भएको छ।

पर्सामा मात्रै जिल्ला अध्यक्षको लागि  ७ जना आकांक्षी देखिएको जिल्ला तहका नेताहरुले बताएका छन्। नेकपा एमालेको पर्सा अध्यक्षको अकांक्षीमा विचारी यादव, नवराज शर्मा, विश्वम्भर शर्मा, सुन्दर कुर्मी, प्रधुम्न चौहान, जयप्रकाश थारु, मनोज गुप्तालगायतको उम्मेदावरी पर्न सक्ने चर्चा चलेको छ।

१७ हजार संगठित सदस्य रहेको पर्सामा जिल्ला अधिवेशनको लागि झण्डै एक हजार मतदाता रहने आंकलन गरिएको छ। पर्सामा नेकपा एमालेको विधान अनुसार वडा अधिवेशन र पालिका अधिवेशन  सम्पन्न भई जिल्ला अधिवेशन प्रतिनिधि समेत चुनिसकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell