PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

गण्डक नहरमा सातदिन भित्र पानी आउने, किन लिइन्छ आवश्यकता भन्दा कम पानी ?



पहिलोपोस्ट

गण्डक नहरमा सातदिन भित्र पानी आउने, किन लिइन्छ आवश्यकता भन्दा कम पानी ?

वीरगंज : मध्यतराईको पर्सादेखि रौतहट सम्म फैलिएको गण्डक नहरमा अगामी एक साता भित्रै पानी आउने भएको छ। अगामी शुक्रवारदेखि जानकीटोलाबाट गण्डक नहरमा पानी प्रवेश गर्ने र दुई दिन भित्र १० नम्बर ब्लक सम्म पानी गइसक्ने गण्डक नहरण व्यवास्थापन हेर्ने नारायणी सिचाई व्यवस्थापन कार्यालय गण्डक वीरगंजले जनाएको छ।

कार्यालयका प्रमुख प्रसुन मिश्रले भारतीय पक्षले हरेक वर्ष गहुँबालीको लागि पुस २० गते र धानबालीको लागि असार २० गतेको आसपासमा पानी दिने गरेको छ। नेपाल सरकार र भारत सरकारबिच गण्डक नहरमा वर्षेनी दुई पटक गरी एक पटकमा ८४६ क्यूसेक पानी दिने सम्झौता भएको छ। तर पानीको अभाव र नहर नभत्किइयोस भन्ने उद्देश्यका साथ कम पानी लिने गरिएको छ।

आवश्यकताभन्दा बढी पानी अयो भने नहरमा क्षति हुने भएकोले पानीको परिमाण कम आउन गरेको सिचाई कार्यालयका सूचना अधिकारी सुबोध कुशावाहा बताउँछन्।

पर्सादेखि रौतहट सम्म जमुनी खोलाभन्दा पश्चिममा अर्थात १० नम्बर ब्लक सम्म मात्र गण्डक नहरको पानी जाने गरेको छ। त्यसकारण जमुनी खोलामा जमुनी सिचाई आयोजना निर्माण गरी थप २ वटा ब्लक अर्थात गौर बम नहर सम्म पानी लैजाने सरकारको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell