PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सीसी क्यामराले सघायो : नयाँ बसपार्कमा सामुहिक बलात्कार गर्ने ८ जना समातिए



पहिलोपोस्ट

सीसी क्यामराले सघायो : नयाँ बसपार्कमा सामुहिक बलात्कार गर्ने ८ जना समातिए

काठमाडौं : नयाँ बसपार्कमा सामुहिक बलत्कार गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

मंगलवार अन्दाजी ३२ वर्षीया महिलालाई बलत्कार भएको उजुरी परेपछि प्रहरी अभियुक्तको खोजी गरेको थियो। मंगलवार नै बसपार्कको विभिन्न स्थानबाट सात जना र आज बिहान एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

'हामीले अहिलेसम्म ८ जनालाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने।

बलात्कार भएको भनिएकी महिला सुर्खेतबाट काम खोज्न भन्दै काठमाडौं आएको खुलेको छ। अहिलेसम्म पक्राउ परेका अभियुक्त र पीडित महिलाबिच कुनै सम्बन्ध रहेको खुलेको छैन। घटनामा संलग्न थप एक जनाको खोजी भइरहेको छ।

पीडित महिलाको उजुरी परेपछि सीसी क्यामरा फुटेजको सहयोगमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell