PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

स्ट्यान्ड न्युजमा प्रहरीको छापा, सम्पादकसहित ६ जना पत्रकार पक्राउ



पहिलोपोस्ट

स्ट्यान्ड न्युजमा प्रहरीको छापा, सम्पादकसहित ६ जना पत्रकार पक्राउ

हङ्कङ प्रहरीले स्वतन्‍त्र समाचारमूलक अनलाइनका ६ जना संचारकर्मीलाई पक्रेको छ। उनीहरुलाई देशद्रोही सामग्री प्रकाशनको आरोप लगाइएको छ।

स्ट्यान्ड न्युज सर्भिसका पूर्व र बहालवाला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ।

उक्त अनलाइनमा २ सय भन्दा धेरै प्रहरीहरुले छापा मारेको समेत बताइएको छ। प्रहरीको 'सर्च अपरेसन' जारी छ।

अपरेसनमा पुगेका प्रहरीहरुले त्यहाँका सामग्री खोज्न र त्यसलाई जफत गर्ने अधिकार आफूसँग रहेको दावी गरेका थिए। 

स्ट्यान्ड न्युजका पूर्व र बहालवाला सम्पादक पक्राउ पर्नेमा रहेका छन्। उक्त अनलाइनका पूर्व बोर्ड मेम्बर तथा पप स्टार डेनिस हो पनि पक्राउ पर्नेमा छिन्। उनी पछिल्लो समय 'डेमोक्रेटिक आइकन'का रुपमा स्थापित छिन्। उनले फेसबुकमा पोस्ट गर्दै आफू पक्राउ परेको खुलासा गरेकी छिन्। उनलाई वेस्टर्न डिस्ट्रिक्ट पुलिस स्टेसन लगिएको छ।
पक्राउ परेका ६ जनामा ३४ देखि ७३ वर्ष उमेरका छन्। 

स्ट्यान्ड न्युजले आफ्नो फेसबुक पेजमा प्रहरीहरु कार्यालय भित्र प्रवेश गरिरहेको तस्बिर पोस्ट गरेको छ। प्रहरीहरु डेपुटी असाइनमेन्ट डाइरेक्टर रनसन चानको कोठामा देखिएका छन्। चानलाई प्रहरीले केरकार गरे पनि पक्राउ भने गरेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell