PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

हिर्काइदिउँ हिउँले? चिसोमा रमाउँदै गरेका मानिसहरुको दृश्य

हिर्काइदिउँ हिउँले? चिसोमा रमाउँदै गरेका मानिसहरुको दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राजधानी उपत्यका वरपरका डाँडा सेताम्मे भएपछि धेरैको रहर हुन्छ - हिउँ खेल्ने। त्यसैले धेरै लाग्छन् त्यही ठाउँमा जहाँ सजिलै पुगिन्छ।

कुनै बेला हिउँ खेल्न दामन पुग्नेहरु हुन्थे। त्यसपछिको गन्तब्य बन्थ्यो गोदावरीको फुलचोकी। बाटो खुलेका ठाउँमा मानिसहरु हिउँ खेल्न जानु स्वभाविक थियो। नगरकोटमा पुग्नेहरु पनि उत्तिकै हुन्थे। लाकुरीभञ्ज्याङ पनि नजिकै भएकाले मानिसहरु झुम्मिन्थे। 

यी सबै क्षेत्रमा हिउँ खेल्न पुग्नेहरु अहिले पनि छन्। तर, अहिले धेरैको हिउँ खेल्ने गन्तब्य चाहिँ चन्द्रागिरि बन्न थालेको छ। नजिक र केबुलकारबाट उत्रिनासाथ हिउँको रमाइलो लिन सकिने भएकाले मानिसहरु यहाँ आउँछन्। सोसल मिडियादेखि सबैखाले मिडियामा हिउँ पर्नासाथ चन्द्रागिरि छाउनु सामान्य बनेको छ।

आज बिहानैदेखि चन्द्रागिरिमा हिउँ खेल्न पुग्नेहरुको भिड लागेको थियो। केबुलकार स्टेसनदेखि मन्दिरसम्म छपक्कै हिउँ ढाकिएको छ यहाँ।

भालेश्वर मन्दिर परिसर र सँगै रहेको पृथ्वीनारायण शाहको सालिक समेत हिउँले फरक देखियो आज। परिवारसहित हिउँ खेल्न पुग्नेहरुको रौनक देखिन्छ यहाँ। हिउँ परिरहँदा छोटो दुरीको जीपलाइन यात्रा गर्नेहरु पनि थिए। हिउँले एकअर्कालाई हिर्काउँदै रमाउनेहरु पनि उत्तिकै। तर, हिउँ खेल्न जति रमाइलो छ, चिसोबाट बच्न उत्तिकै आवश्यक। नत्र हिउँ खेल्दाको मजा विरामी भएर तिर्नुपर्ने हुनसक्छ।



ट्रेन्डिङ पोस्ट

Ncell