PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

डब्लुएचओको चेतावनी : ओमोक्रनले विश्वभर जोखिम बढायो, सतर्कता अपनाऔं



पहिलोपोस्ट

डब्लुएचओको चेतावनी : ओमोक्रनले विश्वभर जोखिम बढायो, सतर्कता अपनाऔं
Photo : Reuters

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ को ओमोक्रन भेरियन्टले अझै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। हाल विभिन्न देशमा ओमोक्रन फैलिएसँगै संक्रमितको दर विश्वभर ह्वात्तै बढेको छ।

गत हप्तामा विश्वव्यापी रूपमा कोरोना संक्रमण ११ प्रतिशतले बढेको छ। फ्रान्स र अमेरिकामा हालसम्मकै धेरै संक्रमित पहिचान भएको छ। युरोपभर फेरि कोरोना संक्रमणको ग्राफ बढेको छ। इट्ली, ग्रीस, पोर्चुगल लगायतका देशमा उच्च संख्यामा संक्रमितहरु भेटिएका छन्।

डब्लुएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्यांकमा प्रति व्यक्ति विश्वको तुलनामा संक्रमणको उच्च दर रहेको जनाएको छ।  डेल्टाको तुलनामा ओमोक्रनको लागि अस्पतालमा भर्ना हुने जोखिम कम भएको भएपनि ओमोक्रनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ।

ओमोक्रन द्रुत गतिमा फैलिरहँदा अझै पनि ठूलो संख्यामा मानिसहरु अस्पताल भर्ना हुने र  विशेष गरी खोप लगाएकाहरुमा जोखिम उच्च रहेको वैज्ञानिकहरुको दाबी छ। यस्तै, स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने सक्ने भन्दै संगठनले सचेत रहने आग्रह गरेको छ।

क्रिसमसका कारण परीक्षणहरु ढिलो र कम भएका कारण आउने दिनमा संक्रमितको संख्या वृद्धि हुने अनुमान गरिएको छ। डब्लुएचओले युरोपमा बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell