PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भोलि सार्वजनिक बिदा भनेर 'फेक' सूचना बनाउनेलाई खोज्दै प्रहरी



पहिलोपोस्ट

भोलि सार्वजनिक बिदा भनेर 'फेक' सूचना बनाउनेलाई खोज्दै प्रहरी

काठमाडौं : भोलि ( बिहीबार) सार्वजनिक बिदा भन्दै केही सामाजिक सञ्जालमा गृह मन्त्रालयको गलत सूचना बनाएको भेटिएको छ।

मन्त्रालयले सार्वजनिक बिदाको प्रस्ताव गरे पनि निर्णय भएको छैन। बिदाको निर्णय बुधवार नै बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। तर बैठक अगाडि नै बिदा भन्दै फेक सूचना बनाएको पाइएपछि मन्त्रालयले खोजी गरेको छ।

'अहिलेसम्म बिदाको निर्णय भएको छैन। यस्तो फेक सूचना बनाउनेलाई खोजी गरिरहेका छौं। साइबर क्राइममा कारबाही हुन्छ,' मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। सो अवसरमा बिदा दिने सरकारको तयारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell