PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

गेष्ट हाउसमा लगेर महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ९ जना पक्राउ



पहिलोपोस्ट

गेष्ट हाउसमा लगेर महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ९ जना पक्राउ

काठमाडौंः गेष्ट हाउसमा लगेर महिलालाई जबर्जस्ती करणी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले घटनामा संलग्नहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ८ जना मुगुको छायानाथ रारा नगरपालिकाका छन्। एक जना अर्घाखाँचीको सितगंगा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुगुका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेज्वाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद छन्। यस्तै अर्घाखाँचीका गोपालकुमार शिरीष पनि सोही कसुर अभियोगमा पक्राउ परेका छन्।

मंगलबार रातिको घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई गएराति नै पक्राउ गरिएको थियो। एक जनालाई बुधबार बिहान र अर्कालाई अपराह्न पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell