PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता



रासस

तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
प्रतीकात्मक तस्विर

चितवनः नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ। खाने तेल बोकेको ट्याङ्कर बुधवार साँझ त्रिशूलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो।

ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए। ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ। घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell