PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

डेल्टा र ओमोक्रन भेरियन्टले विश्वभर कोभिड १९ संक्रमणको सुनामी ल्याउँदै छ: डब्लुएचओ



पहिलोपोस्ट

 डेल्टा र ओमोक्रन भेरियन्टले विश्वभर कोभिड १९ संक्रमणको सुनामी ल्याउँदै छ: डब्लुएचओ
Photo : EPA

विश्व स्वास्थ्य संगठन (इब्लुएचओ) ले डेल्टा र ओमोक्रन भेरियन्टको संयोजनले कोभिड १९ संक्रमणको खतरनाक सुनामी ल्याउँदै गरेको भन्दै चेतावनी दिएको छ।

अमेरिका र युरोपका देशहरुमा हालसम्क कै धेरै संक्रमित पहिचान भएसँगै संगठनका महासचिव डा ट्रेडोस् अधानोम ग्रेब्रिगेससले संक्रमण सुनामी जस्तै खतरनाक रुपमा फैलिरहेको भन्दै चेतावनी दिएका हुन्।

पछिल्लो २४ घण्टामा फ्रान्समा हालसम्म कै धेरै २ लाख ८ हजार भन्दा बढी संक्रमित पहिचान भएका छन्। यस्तै, अमेरिकामा २ लाख ६५ हजार बढी संक्रमित फेला परेका छन्। डेनमार्क, पोर्चुगल, बेलायत, अस्ट्रेलियामा पनि रेकर्ड नम्बरमा संक्रमित भेटिएका छन्।

पोल्यान्डमा कोभिड १९ को चौथो वेभमम हालसम्म कै धेरै ७९४ जनाको मृत्यु भएको छ। मृत्यु हुने धेरैले खोप नलगाएको बताइएको छ।

विभिन्न अध्ययनले विश्वका अधिकांश देशमा ओमोक्रन तिब्र गतिमा फैलिरहेको देखाएको छ। डा ट्रेडोसले दुई भेरियन्टका कारण विश्वमा 'ट्वीन थ्रेट' देखिएकोले यसले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पार्न सक्ने बताएका छन्।

रोयटर्सका अनुसार हाल विश्वमा दैनिक ९ लाख नयाँ केसहरु देखिँदै छन्। संक्रमणको असर रोक्न अहिले विश्वका धेरै देशले बुस्टर डोज दिन सुरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell