
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार १५४ संक्रमित पहिचान भएका छन्। डेल्टासँगै ओमोक्रन भेरियन्टको संक्रमण फैलिएसँगै भारतमा फेरि संक्रमण दर बढेको हो।
ओमोक्रन भेरियन्टको अत्याधिक केसहरु देखिएको दिल्लीमा २६३ जना र महाराष्ट्रमा २५३ मा संक्रमण देखिएको छ। गुजरात, राजस्थान, केरला, तेलांगाना, तमिलनाडु लगायत २२ राज्यमा हाल ओमोक्रन संक्रमण देखिएको हो।