PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रचण्डको प्रतिवेदनमाथि समूह नेताहरुले धारणा राख्ने क्रम जारी



पहिलोपोस्ट

प्रचण्डको प्रतिवेदनमाथि समूह नेताहरुले धारणा राख्ने क्रम जारी
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा समूह नेताहरुले धारणा राख्ने क्रम जारी छ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका थिए।

समूहगत छलफलपछि बुधवार ११ समूहका नेताहरुले दस्तावेजबारे समूहको निष्कर्ष सुनाएका थिए। बुधवार साँझसम्म प्रदेश १ को दुई समूह, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रवास, विभाग, सल्लाहकार र आयोगका १/१ समूहका तर्फबाट टोली नेताले आफ्नो धारणा राखेका थिए। 

आज १४ नेताहरुले प्रचण्डको राजनीतिक प्रतिवेदन र विधानबारे समूहको धारणा पेश गरिरहेका छन्। समूह नेताहरुको प्रश्न सुनेर प्रचण्डले भोलि त्यसको जवाफ दिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell