PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बेलारुसका राष्ट्रपति लुकाशेन्को वर्षकै भ्रष्ट, अफगानी पूर्व राष्ट्रपति घानी पनि सूचीमा



पहिलोपोस्ट

बेलारुसका राष्ट्रपति लुकाशेन्को वर्षकै भ्रष्ट, अफगानी पूर्व राष्ट्रपति घानी पनि सूचीमा
Photo : AP

बेलारुसका राष्ट्रपति अलेक्सान्ड्रा जी लुकाशेन्कोले विश्वकै भ्रष्ट व्यक्तिको उपाधि पाएका छन्।

संगठित अपराध तथा भ्रष्टाचार सम्बन्धी रिपोर्टिङ प्रोजेक्ट (अर्गनाइज क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट-ओसीसीआरपी)ले युरोपका अन्तिम तानाशाह भनिने बेलारुसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष व्यक्ति घोषणा गरेको हो।

२०२१ को अन्तिम सूचीमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानी, सिरियाका राष्ट्रपति बशार अल-असाद, टर्कीका राष्ट्रपति रेशप तैयप एर्डोगान र अष्ट्रियाका पूर्व चान्सल सेबास्तियन कुर्ज थिए। यी सबैलाई उछिन्दै बेलारुसका राष्ट्रपति लुकाशेन्को वर्षकै भ्रष्ट्र व्यक्ति घोषित भएका हुन्।

विश्वभरका पाठक, स्रोता, पत्रकार तथा ओसीसीआरपीका सम्पादक तथा साझेदार संस्थाबाट अन्तिम सूची तयार पारिएको थियो।
लुकाशेन्काको कार्यकालमा वर्षभरी  संगठित अपराध र भ्रष्ट्राचार बढ्न पुगेको बताइएको छ।

अन्तिम सूचीलाई ६ जना पत्रकार तथा विज्ञहरुको निर्णायक टोलीले तयार गरी वर्ष व्यक्ति छनोट गरिएको हो। कुल एक हजार १६७ छनोट भएका व्यक्ति मध्येबाट उनी एक नम्बरमा आएका हुन्।

वर्ष भरी नै लुकाशेन्का समाचारका हेडलाइन बनिरहे। उनले राज्यको ढुकुटीलाई परिवारका व्यक्तिको नाममा प्रयोग गरेको, युरोपियन युनियनसँग सीमा संकट बढाएको र लाखौँ शरणार्थीलाई धपाएको, कोभिड-१९ सम्बन्धी गलत सूचना फैलाएको लगायतका कारण उनी वर्ष भरी नै समाचारका शीर्षक बनिरहे।

उनले संकटापन्न मानिसहरुको प्रयोग गर्दै निन्दनीयता र क्रुरताको सीमा नाघेको निर्णायक प्यानलका सदस्य तथा गर्ज मासन युनिभर्सिटीका लुइस सेलीले बताएका छन्।

उनी बेलारुसको सत्तामा सन् १९९३ देखि छन्। निर्वाचन धाँधलीपूर्ण तरिकाले आफ्नो पक्षमा पार्ने, यातना दिने, प्रदर्शनकारीलाई पक्राउ गर्ने लगायतका काम क्रेमलिनको स्वीकृतिमा गरिरहेको आरोपसमेत लागेको ओसीसीआपीले जनाएको छ।

उनले आफूलाई बेलारुसी जनताको पिता घोषणा गरेका छन्। उनलाई चुनौती दिने जो कोही जेलमा पर्नेसमेत उल्लेख छ। सूचीको रनरअपमा अफगानिस्तानका पूर्व राष्ट्रपति मोहममद असर्फ घानी रहेका छन्।

'घानी पक्कै पनि यो अवार्डका लागि योग्य हुन्। भ्रष्टाचार र उनको घोर असक्षमताका कारण उनी पनि अवार्डका लागि योग्य थिए। उनले आफ्ना जनतालाई मृत्युको मरभूमिमा छाडे जसरी अन्य भ्रष्ट सरकारी कर्मचारीहरु जस्तै युएईमा शरण लिएका छन्,' ओसीसीआरपीका सहसंस्थापक तथा निर्णायक प्यानलका सदस्य ड्रयु सुलीभानले भने।

त्यस्तै असादले गृहयुद्ध भड्काएको तथा लाखौँ अमेरिकी डलर चोरी गरेको आरोपसमेत लगाइएको छ। टर्कीका राष्ट्रपति एर्डोगान सरकार भ्रष्ट भएको उल्लेख छ।

हरेक वर्ष सार्वजनिक हुने यो सूचीमा गत वर्ष ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो, २०१९ मा माल्टाका प्रधानमन्त्री जोसेप मस्कटलाई उपाधि दिइएको थियो। त्यस्तै २०१८ मा डेमार्कको ठूलो बैंक डान्स्के बैंक,  २०१७ मा फिलिपिन्सका राष्ट्रपति रोड्रोगो दुतेर्तेलाई वर्ष व्यक्ति घोषित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell