PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

तमु ल्होसारको आशिमलाँ, नयाँ वर्षको स्वागतमा गुरुङ समुदायको सांस्कृतिक र्‍याली

तमु ल्होसारको आशिमलाँ, नयाँ वर्षको स्वागतमा गुरुङ समुदायको सांस्कृतिक र्‍याली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्।

यसै अवसरमा राजधानीमा विभिन्न कार्यक्रम गरी 'बाघ वर्ग' लाई स्वागत गरिएको छ। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रि परिष्दले काठमाडौंमा र्‍याली निकालेको छ। यस्तै विभिन्न गुरुङ संघसंस्थाले सांस्कृतिक र्‍याली निकालेको छ। र्‍यालीमा सहभागीहरु नाचगान गर्दै वसन्तपुर, न्यूरोड रत्नपार्क हुँदै टुंडिखेल पुगेका थिए। टुंडिखेलमा तमु ल्होसारको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

सरकारले आज तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell