PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

माओवादी महाधिवेशनमा उठ्यो बहुपद प्रणाली खारेजीको माग



पहिलोपोस्ट

माओवादी महाधिवेशनमा उठ्यो बहुपद प्रणाली खारेजीको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले महाधिवेशनको बन्दसत्रमा कम्युनिष्ट पार्टीमा बहुपद प्रणाली ठिक नभएको कुरा उठेको बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्रमा नेताहरुले बहुपद प्रणाली खारेजीको कुरा उठाएको उनले बताएका हुन्।

'बहुपदको कुरा आएको छ। यो ठिक होइन। कम्युनिस्ट भनेको महासचिव वा अध्यक्ष हुन्छ। पोलिटव्युरो, स्टाण्डिङ कमिटी हुन्छ। बहुपद खारेज गर्न माग उठेको छ। कम्युनिस्टको आचरण बहुपदीय होइन' उनले भने महाधिवेशनमा आएका कुराहरु बारे भने।

अहिलेको माओवादी महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्षसहित १५ पदाधिकारी चयन गर्नेछ।

अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहका नेताहरुले धारणा राखिरहेका छन्। त्यसक्रममा एमसीसी स्वीकार गर्न हुन्न भन्ने माग उठेको समेत उनले बताए।

यस्तै, शिक्षा अनिवार्य र समावेशी बनाउँदै सरकारी विद्यालयको विकास गर्दै निजी विद्यालयलाई सरकारीकरण गर्नुपर्ने माग उठेको उनले बताए।

'माओवादीका छोराछोरी सरकारीमा अरु प्राइभेटमा पढ्ने भन्ने होइन। त्यसो भए त माओवादीका छोराछोरी डाक्टर पाइलट बन्न नपाउने भए। शिक्षाको संरचना परविर्तन गरि समावेशी बनाउन माग गरेका छन्' उनले उठेका मागहरु बारे भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell