PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

तमु ल्होसारको शुभकामना दिन जब प्रधानमन्त्री देउवा टुंडिखेल पुगे...

तमु ल्होसारको शुभकामना दिन जब प्रधानमन्त्री देउवा टुंडिखेल पुगे...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रि परिषदले काठमाडौंको टुंडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा टुंडिखेलमा आयोजित कार्यक्रममा सहभागी भएका छन्। उनलाई त्यहाँ गुरुङ समुदायका अगुवाहरुले परम्पारगत शैलीमा स्वागत गरेका थिए। त्यसक्रममा देउवाले सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने बताए।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। आज विभिन्न गुरुङ संघसंस्थाले सांस्कृतिक र्‍याली निकालेको छ। र्‍यालीमा सहभागीहरु नाचगान गर्दै वसन्तपुर, न्यूरोड रत्नपार्क हुँदै टुंडिखेल पुगेका थिए। टुंडिखेलमा तमु ल्होसारको अवसरमा विविध कार्यक्रम आयोजना भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell